झट्कामा बाँस्कोटा, भने- ‘के को दिपावली के को रुवाबासी?’



काठमाडौं– सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय स्वागत गर्दै सर्वसाधारण, विभिन्न दल, संघ–संगठनहरुले गरेको दीप प्रज्वलन प्रति प्रधानमन्त्रीका निकटमा रहेका नेकपाका नेता गोकुल प्रसाद बाँस्कोटाले आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापनाको खबरले खासै खुसी नदेखिएका उनले राजनीति आ–आफ्नै तालसुरमा चलिरहने भएकाले दिपावली र रुवाबासीको कुनै अर्थ नहुने बताएका छन् ।

राजनीति संविधानलाई नभई संसदमा असर गरेको भन्दै भन्छन्– त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि ।राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली के को रुवाबासी? अब के हुन्छ बाँकी हेर्दै जाने हो ।’

प्रतिक्रिया दिनुहोस्