प्रतिगामी कदम हार्‍यो- नेतृ मगर



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ एवम पूर्वमन्त्री विना मगरले कानुनी राज्य र लोकतन्त्रको जित भएको बताएकी छन् । उनले अदालतको निर्णयको सम्मान गर्दै खुसी व्यक्त गरेकी छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेसँगै आफूहरूको आन्दोलन सफल भएको उनको भनाई छ । असंवैधानिक प्रतिगामी कदम विरूद्ध लामो सर्घष गरेको र संबैधानिक ईजलासका प्रधानन्यायाधीशसहित न्यायधिशहरूले संविधान र लोकतन्त्रको रक्षा गरेको उलेल्ख गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले पुष ५ गते संसद् विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्