अमिताभ बच्चनको ‘चेहरे’ आउँदै



काठमाडौं : अमिताभ बच्चनको फिल्म ‘चेहरे’को रिलिज मिति तय भएको छ। रहस्यमय थ्रिलर फिल्म ३० अप्रिलमा फिल्महलमा रिलिज हुने भएको हो।

फिल्ममा अमिताभका साथै इमरान हश्मीको मुख्य भूमिका रहेको छ। इमरान हस्मीले पहिलो पटक ‘चेहरे’मार्फत अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका हुन्।

अमिताभले ‘चेहरे’को पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हुन्। जसमा उनले लेखेका छन्, ‘अनुहारभन्दा ठूलो कुनै पर्दा छैन। वास्तविक अनुहारको पर्दा उठ्नेछ। बहुप्रतिक्षित रहस्यमय थ्रिलर फिल्म ३० अप्रिलमा हलहरुमा आउँदैछ।’

प्रतिक्रिया दिनुहोस्