तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने दाबी गरेका छन् । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परे पनि सफल नहुने बताए ।
काठमाडौंमा शनिबार आयोजित कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यान फेडेरेशनको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले त्यस्तो बताएका हुन । ‘ढुुक्क हुनुुहोस् सरकार परिवर्तन हुँदैन, मुुलुकको समृद्धिको अभियान अझ गतिकासाथ अघि बढछ,’ उनले भने, ‘मुलुकलाई अघि बढ्न नदिने केही तत्वहरु प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।’
मन्त्री गुरुङले पुनःस्थापित प्रतिनिधिसभामा विश्वासको मत लिएर अघि बढन आफूूहरु सक्षम हुने दाबी पनि गरे । प्रचण्ड–माधव पक्षलाई सरकार परिवर्तन हुने सपना नदेख्न पनि उहाँले आग्रह गरे । डिजिटल नेपाल अभियानमा क्यान फेडेरेशनलगायतका निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने भन्दै उनले हातेमालोका लागि आह्वान गर्नुभयो । सरकारले वडा तहसम्म इन्टरनेट सेवा पुु¥याउने नीतिगत निर्णय गरिसकेको स्मरण गराउँदै सो निर्णयलाई कार्यान्वयन गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्