सरकारलाई दिएकाे समर्थन फिर्ता लिने कुरा हल्ला मात्र : राजपा उपाध्यक्ष वृशेषचन्द्र लाल



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) का वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ओली सरकारलाई दिएको समर्थन अाफ्नाे पार्टीले तत्काल फिर्ता नलिने बताएका छन् । साथै उनले राजपा अब ६ तिर मुख फर्काएर चल्न नसक्ने र एकै ठाउँमा ल्याउन अावश्यक भएकाे भन्दै अध्यक्ष मण्डलकाे निर्णय अस्वीकार्य हुने बताएका छन् ।

 

प्रधानमन्त्री अाेलीलाई निर्वाचनमा मत दिएकाे राजपाले आफूहरूले संविधान संशोधन गर्ने शर्तमा सरकारलाई समर्थन गरेको लालले बताएका छन् । 

 

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधनको आग्रह गरे । तर, सरकारले त्यसलाई आलटाल गरिरहेको प्रति उनले गुनासाे गरे । 

 

सरकारलाई दिएको समर्थनको विषयमा उपयुक्त समयमा उपयुक्त निर्णय लिइने उनको भनाइ छ । ‘तर अहिले समर्थन फिर्ता लिँदैनौ’, उनी भन्छन्, ‘समर्थन फिर्ता गर्छु भन्नु अनावश्यक हल्ला मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस्