संसद् बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको हो ।

यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय आज गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक बोलाउन सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय हो । एक मन्त्रीका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि निर्णय भइसकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्