वार्ता समिति गठन प्रति कांग्रेस सकारात्मक



काठमाडौं । नेपाली कांग्रेसले सरकार र विप्लव समूहले वार्ता समिति गठन गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।
मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘‘बादल’ नेतृत्वको दुई सदस्यीय वार्ता समिति बनाए लगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता समिति बनाएको छ ।
सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव वार्ता टोलीको सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ छन् ।
कांग्रेसले यो प्रक्रियालाई सकारात्मक भएको प्रतिक्रिया दिएको हो । उसले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रहसमेत गरिएको छ । ‘नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको छ’, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रहेर समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’

प्रतिक्रिया दिनुहोस्