वुमन्स च्याम्पियनसिप खेल्न महिला राष्ट्रिय टोली बिहिबार पाकिस्तान जाँदै



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका ४ खेलाडीले पाकिस्तानमा हुने नेशनल वुमन्स फुटबल च्याम्पियनसिप खेल्ने भएका छन् ।
राष्ट्रिय टोलीका गोलक्षक एञ्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गीता रानाले एउटै क्लव मासा युनाइटेड एफसीबाट प्रतियोगिता खेल्ने भएका हुन् ।
प्रतियोगिताका लागि खेलाडीहरु बिहीबार प्रस्थान गर्ने सरु लिम्बुले बताइन् । प्रतियोगितामा पारिश्रमिकबारे भने उनीहरुले केही खुलाउन चाहेनन् । प्रतियोगिताका लागि आफूहरु निकै उत्साहित रहेको खेलाडीहरु बताउँछन् ।
‘पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छौँ, त्यसैले निकै उत्साहित छौँ’, सरु लिम्बुले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्न लागेका छौँ, एउटै टोलीमा भएका कारण पनि हामीलाई सहज हुने विश्वास छ । टोलीलाई जिताएर फर्किनेछौँ ।’
गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले विदेशी भूमिमा पहीलो पटक खेल्न लागेकाले नयाँ अनुभव लिन पाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्