आजदेखि सांसदसहित संसदका एक हजार ५ सय जनालाई कोरोना खोप



काठमाडौँ : सरकारले कोरोनाभाइरस (कोभिड १९) विरुद्धको दोस्रो चरणको पहिलो खोप आज (बुधबार)देखि संघीय संसदका सांसदहरुलाई लगाइँदै छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई आजदेखि नै खोप दिइने तयारी गरिएको हो ।

आजदेखि खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्