हस्ताक्षर समारोहस्थलमा राखिएको कुर्सीप्रति चर्चा परिचर्चा



काठमाडौं : सरकारसँग वार्तापछि शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सहमति हस्ताक्षर समारोहमा राखिएको कुर्सीका विषयमा चर्चा चलेको छ ।

समारोहस्थलमा चार वटा दायाँ र चार वटा बायाँतर्फ सामान्य कुुसी राखिएको छ भने बीचमा विशेष सोफाजस्तो विशेष कुर्सी राखिएको छ । त्यो कुर्सी प्रधानमन्त्री केपी शर्मा ओली बस्नका लागि राखिएको हो ।

सहमतिपछि शान्तिपूर्ण वार्तामा आएका विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्द र सरकार समान हैसियतमा रहनुपर्ने भएकाले समान हिसाबले कुर्सी राखिनुपर्ने हो । तर प्रधानमन्त्री ओलीका लागि विशेष र ठूलो आकारको कुर्सी तथा विप्लवका लागि मञ्चमा बस्ने अन्य मन्त्री तथा नेतासरहको कुर्सी राखिएपछि समारोहस्थलमा सहभागीहरुबीच खासखुस चलेको थियो ।

विप्वल समूहकै नेता तथा कार्यकर्ताले समेत असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले अहिले नै सरकारको यस्तो रवैया छ भने भोलिका दिनमा के हुने हो भन्ने चिन्ता प्रकट गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्