७९ करोड ठगी गर्ने गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको छ ।
ललितपुरको कुमारीपाटीमा रहेको सहकारीले निक्षेपकर्ताको ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सञ्चालक श्रेष्ठसहितका सहकारीका पदाधिकारीले निक्षेपकर्तालाई बढी ब्याज दिने आश्वासन गरेर रकम जम्मा गर्न लगाएको प्रहरीले बताएको छ ।
निक्षेपकर्ताले यही चैत ५ गते किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी सहकारी ऐन २०७४ र ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । श्रेष्ठलाई परिसरबाट खटिएको टोलीले शनिबार चितवनको भरतपुरबाट पक्राउ गरेको हो । सहकारीविरुद्ध उजुरी दिनेको संख्या बढिरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्