भारत सरकारको आर्थिक सहयोगमा नेपालगञ्ज र दाङमा निर्मित दुई परियोजनाको उद्घाटन



काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित दुई परियोजनाहरुको उद्घाटन भएको छ । उक्त परियोजनाहरु नेपाली रुपैयाँ ८ करोड ९२ लाखको रहेको छ ।
नेपालंस्थित भारतीय दूतावासका प्रशासन प्रमुख करुण वंशलले दुवै परियोजनाको उद्घाटन गरेका छन् । नेपालगञ्जमा हालै स्तरोन्नत गरिएको फत्तेबाल आँखा अस्पताल र र दाङ जिल्लाको लमही बजारमा निर्मित राप्ती शीत भण्डारको प्रशासन प्रमुख वंशलले उद्घाटन गरेका हुन ।
यी दुवै परियोजनाहरु नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्न गरिएको हो । भारत सरकारको नेरु. ४ करोड ६६ लाख अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ ।

त्यसैगरी भारत सरकारको नेरु ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपैंया लागतमा ३२०० एमटी क्षमताको शीत भण्डारको निर्माण गरिएको हो ।


नेपालका ५२ जिल्लामा ४०० वटा डाइगोनिस्टिक स्क्रिनिङ्ग तथा ट्रिटमेन्ट (डिएसटि) तथा मोतीबिन्दु शल्यक्रिया शिविर र १४ जिल्ला तथा ग्रामीण भेगका विद्यालयहरुमा आँखा शिविर सञ्चालन गर्न उद्देश्यले भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई हालसम्म भारु २०.९९ करोड अनुदान सहयोग उपलब्ध गराइसकेको छ । त्यस्तै भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरुप प्रदान गर्नुका साथै विद्यालयहरुमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आई केयर भ्यान पनि उपलब्ध गराएको छ ।
राप्ती शीत भण्डारमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिनेछ । यस नवनिर्मित शीत भण्डारले कृषि उत्पादनको बजार मूल्यलाई कायम राखि त्यस क्षेत्रका साना तथा मझौला कृषकको आय स्तरलाई बढाउन सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।
भारत सरकार र नेपाल सरकारबीच कायम भएको सहमति अनुरुप यी दुई परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो । नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरु जस्तैं शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाई, सार्वजनिक सुविधा र नेपालका दुर्गम तथा विपन्न क्षेत्रहरुमा कनेक्टिभिटी जस्तैं पुल, क्षमता निर्माण र व्यवसायिक प्रशिक्षण, स्वास्थ्य शिविर जस्ता क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्न हेतु प्रस्ताव गरिने कुनै पनि परियोजना जसको लागत नेरु. ५ करोडभन्दा कम छ त्यस्ता परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ भनिन्छ । यी परियोजनालाई नेपाल—भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत लिइन्छ । परियोजना क्षेत्रका मानिसहरुलाई सहयोग गर्न र लाभान्वित तुल्याउन यी परियोजनाहरु स्थानीय सरकारमार्फत कार्यान्वयन गरिएका छन् ।
भारत सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई निकै महत्व दिएका छन् । भारत सरकारको ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा २०७२ सालको भूकम्पले क्षति पु¥याएका नेपालका दश जिल्लामा १४७ वटा स्वास्थ्य चौकीको निर्माण भइरहेका छन् । कूल १४७ वटामध्ये २५ वटा स्वास्थ्य चौकीको ठेक्का हस्तान्तरण भइसकेको छ । स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई भारतले ८२३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ ।


यी परियोजनामार्फत प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय दूतावासले सहयोग पु¥याइरहेको छ । भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये दाङ जिल्लाको ६ वटा सहित ४१ वटा परियोजनाहरु प्रदेश नं ५ मा रहेका छन् । पूर्व—पश्चिम राजमार्ग तथा भारत—नेपाल सीमालाई जोड्ने लमहीदेखि कोइलाबाससम्मको करिब ३३.५ किलोमिटर लम्बाई रहेको सडकको निर्माणका लागि भारत सरकारले नेरु. ६९.८ करोड आर्थिक सहयोग प्रदान गरेको छ । लमही र कोइलाबास सहितका नौवटा वडाका सात गाउँलाई सो कालोपत्रे सडकखण्डले जोड्दछ ।

प्रतिक्रिया दिनुहोस्