अनेरास्ववियू माधव समूहका तीन नेता निष्काशित



काठमाडौं। नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियूका अध्यक्ष ऐन महरले बताएका छन् । महरले मंगलबार विज्ञप्ति जारी गरी तीन जनालाई निष्कासन गरिएको जानकारी दिएका हुन् ।

केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो। समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।

महर भने ओलीनिकट हुन् ।

प्रतिक्रिया दिनुहोस्