नैतिकताको आधारमा राजीनामा दिएर ओलीले निकास दिनुपर्छ : काँग्रेस नेतृ डिला संग्रौला



म्याग्दी । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले निकट भविष्यमै नयाँ सरकार गठन हुने बताएकी छन् । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विकल्प नभएको डा. संग्रोलाको भनाइ छ ।
शनिबार म्याग्दीको सदरमुकाम बेनीमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी संग्रौलाले प्रधानमन्त्री ओली पाटीभित्रबाटै असुरक्षित रहेकाले कर्णाली प्रदेशको नतिजा संघीय प्रदेशमा समेत सामाना गर्नुपर्ने अवस्थामा पुगेको बताइन् । ‘नैतिकताको आधारमा राजीनामा दिएर निकास दिनुपर्छ, हिजोको घटनाले संघीय समाजवादीले पनि उहाँको साथ छोड्ने अवस्था देखियो’ नेत्रृ संग्रौलाले भनिन् ।
उनले कर्णालीपछि गण्डकी प्रदेश हुँदै देशैभर प्रधानमन्त्री ओलीविरुद्धको अभियान सुरु भएको बताउँदै प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाउने एकजुट भएको बताइन् । प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमात्रै नभई अन्य साना दलहरुले समेत राजनीतिको मूल्यमान्यताको ख्याल गर्दै कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने नेत्रृ संग्रौलाको भनाइ छ । उनले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारको न्यूनतम रुपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता समेत नभएको बताइन् ।
कम्युनिष्टहरुको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पूरा गर्न नसकेको अवस्थामा अबको नेतृत्व र निर्वाचनपछि पनि कांग्रेसको हातमा देशको जिम्मेवारी रहेको बताइन्। राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडी बढ्नुपर्छ अवस्थामा सत्तामा केन्द्रित नभई संविधानको रक्षाका लागि साझा धारणा बनाउनुपर्नेमा उनको जोड छ । नेपाली कांग्रेसकी छायाँ सरकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा. डिला संगौलाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई दिगो भन्दा पनि कार्यकर्ता पाल्न उद्धृत रहेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्