भिसा विना नेपाल छिर्ने दुई चिनियाँ पक्राउ



झापा । भिसाबिना नेपाल छिर्न खोज्ने दुई चिनियाँ नागरिक नेपाल–भारत दशगजा क्षेत्रबाट पक्राउ परेका छन् ।
झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले पक्राउ गरेको हो । उनीहरूलाई नेपाल प्रवेशका लागि सहजिकरण गरेको अभियोगमा एक भारतीय नागरिक पनि एसएसबीको नियन्त्रणमा छन् ।
चेन जिपÞmा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद हनिफलाई एसएसबीको ८औँ बटालियनको मुख्यालय कम्पनी बदामिनीराम जोतको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका साथबाट दुई हजार चार सय नेपाली रुपैयाँ, एक हजार भारतीय रुपैयाँ, ९० अमेरिकन डलर र ७४ एएफ ४२८३ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको छ । उनीहरूलाई नक्सालवारी प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्