मधुवन गोटलाई पर्यटकीयस्थलको रुपमा स्थापित गर्न जोड



सर्लाही । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सर्लाही जिल्लाको विष्णु गाउँपालिकामा अवस्थित ऐतिहासिक ठाउँ मधुवन गोटको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा अध्यक्ष दत्तले यस ठाउँलाई पर्यटकीयस्थलको रुपमा स्थापित गरिनु पर्नेमा जोड दिए ।
त्यस अवसरमा उनले गाउँपालिकाका अध्यक्ष, नेपाली सेना नवलपुरका प्रमुख सरोज राणा, स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुसँग पनि छलफल गरे । अध्यक्ष दत्तले यस ठाउँलाई पर्यटकीयस्थलको रुपमा स्थापित गर्न आयोगले हरसम्भव सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्