कार्यकक्षमै थुनिए प्रधानाध्यापक साह



अनिल यादव/रौतहट : जिल्लाकै पुरानो विद्यालयको रुपमा रहेको दुर्गा भगवती गाउँपालिकास्थित सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजनारायण साहलाई दुर्व्यवहार गरिएको छ ।

आफ्नै कार्यकक्षमा बसेका बेला प्रअ साहलाई विद्यालयमा अध्ययनरत विद्यार्थीले थुनेर तालासमेत लगाइदिएका छन् । करिब एक घण्टापछि स्थानीय अर्का शिक्षकहरुको प्रयासमा ताला खुलाइएको थियो । एक छात्रका अनुसार प्रअ साहलाई उनकै कार्यकक्षमा गएर कम्प्युटर अध्यापनका विषयमा सोध्दा जवाफ दिनुको सट्टा गाली गलौज र अभद्र व्यवहार गरिएपछि आक्रोशित विद्यार्थीले कोठामै थुनेर ताल्चा लगाइदिएका थिए । विद्यार्थीले प्रअ साहलाई तत्काल हटाउनसमेत माग गरेका छन् ।

त्यस विषयमा प्रअ साहले भने आफूले भद्रतापूर्वक जवाफ दिए पनि विद्यार्थीले दुर्व्यवहार गरेको बताए । उनले भने आक्रोशित र अशिष्ट शैलीमा प्रस्तुत भएर सोध्न आएपछि हप्काउने क्रममा ती छात्र र स्थानीय शिक्षकको उक्साहटमा ममाथि दुर्व्यवहार गरियो ।

प्रतिक्रिया दिनुहोस्