नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ नेदरल्यान्ड्सले सनसनीपूर्ण खेलमा नेपाललाई ३ विकेटले पराजित गरी बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनल नजिक पुगेको छ ।
नेपालले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्दै ६ विकेट गुमाई बनाएको २ सय ६ रनलाई नेदरल्यान्ड्सले ३ बल अगाडि २ सय ९ रन बनाउँदै पूरा गरेको हो । नेदरल्यान्ड्सको ३ खेलमा यो दोस्रो विजय हो । पहिलो २ खेल जितेको नेपालको शृंखलामा यो पहिलो पराजय हो ।
बास डी लिडले अविजित ८१ रन बनाउँदै नेदरल्यान्ड्सलाई अविस्मरणीय विजय दिलाए । उनले ४२ बल खेली ७ चौका र ५ छक्का प्रहार गरे । बेन कुपरले ३५ बलमा ५५ रन बनाए । कप्तान पिटर सिलारले १५ बलमा ३१ रन बनाउने क्रममा सन्दीप लामिछानेलाई लगातार ३ छक्कासहित २० रन प्रहार गरेका थिए ।
सन्दीपले नेपालबाट सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ४८ रन खर्चे । करण केसी, अविनाश बोहरा र कुशल मल्लले १–१ विकेट लिए ।
यसअघि नेपालको इनिङ्समा कुशल भुर्तेल आफ्नो पहिलो तीन खेलमै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनको र उपकप्तान दीपेन्द्रसिंह ऐरीको सानदार ब्याटिङमा नेपालले नेदरल्यान्ड्सलाई त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा २ सय ७ रनको लक्ष्य दिएको थियो ।
कुशलले यसै शृंखलाको नेदरल्यान्ड्ससँगको पहिलो खेलबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । मलेसियासँग अघिल्लो दिन भएको खेलमा पनि उनले अविजित ६१ रन बनाएका थिए । कुशलले नेदरल्यान्ड्ससँग ४६ बल खेली ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए ।
नेपालको स्कोर ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो दोस्रो उच्च स्कोर हो । २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।
२९ बलमै अर्धशतक बनाएका दीपेन्द्रले ६० रन जोडे । ३० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरी ६० रन बनाए । कुशलका ओपनिङ जोडी आसिफ शेख शून्यमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । कुशल मल्लले ३ छक्का प्रहार गर्दै ७ बलमा १८ रन बनाए ।
करण केसीले १ रनमात्र बनाउन सके । सोमपाल कामी १३ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २१ र विनोद भण्डारी ७ बल खेली ७ रनमा अविजित रहे । खेलमा नेपालले कुल ११ छक्का प्रहार गरेको थियो । नेदरल्यान्ड्सका भिभिएन किङमा र कप्तान पिटर सिलारले २–२ विकेट लिए ।
त्रिकोणात्मक सिरिज
नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित
शृंखलामा नेपालको पहिलो पराजय, कुशल र दीपेन्द्रको अर्ध शतक खेर,

प्रतिक्रिया दिनुहोस्