कुशल भुर्तेल पहिलोपटक आईसीसीको वरीयतामा



काठमाडौं । घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल पहिलोपटक आईसीसीको टी–ट्वान्टी वरीयतामा परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा कुशल ९३ औं स्थानमा परेका हुन् । डेब्युपछि लगातार तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने कुशल विश्व क्रिकेट कै पहिलो खेलाडी हुन् । कुशलले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजको तीन खेलमा लगातार अर्धशतक बनाएका थिए । नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८२ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्