नेपाल-खनालसहित १५ नेताको अपिल (पूर्णपाठ)



काठमाडौं– नेकपा एमाले एकता लागि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित १५ नेताल संयुक्त रुपमा अपिल जारी गरेका छन्। नेकपा स्थापना दिवसका अवसरमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई र मुकुन्द न्यौपानेले पनि अपिलमा हस्ताक्षर गरेका छन्।

संयुक्त अपिल जारी गर्ने अन्य नेतामा सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालको पनि रहेको छ ।

उनीहरुले पार्टीमा संकट उत्पन्न हुनुमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नै जिम्मेवार रहेको ठहर गरेका छन्। अपिलमा भनिएको छ, ‘यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गरौं।’

‘सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ’अपिलमा भनिएको छ ।

https://drive.google.com/file/d/1JsUTY5_rXsOf2yQLaasXUR_iYrZHdG9F/view

प्रतिक्रिया दिनुहोस्