ओली र बामदेबको डिनर भेट, प्रधानमन्त्रीलाई साथ दिने गौतमको संकेत (तस्वीर)



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष वामदेव गौतमबीच प्रधानमन्त्री निवासमा भेट वार्ता भएको छ । विहीबार साँझ उपाध्यक्ष गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । ओली र गौतमले सँगै डिनर समेत गरेका हुन् ।

भेटमा एमालेको आन्तरिक विवाद लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको संवादपछि गौतमले ओलीसंगको आफ्नो सम्बन्ध पदका कारणले नबनेको बताएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

गौतमको भनाई उद्धित गर्दै भट्टराईले भनेका छन्– ‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।’

गौतमले प्रभानमन्त्री ओलीको नै साथ दिन संकेत गर्दै भनेका छन्– ‘अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !’

प्रतिक्रिया दिनुहोस्