‘ब्ल्याक मिरर’ मा देखिँदैछिन् माइली सायरस, यस्तो हुनेछ भूमिका



अमेरिका : हलिउडकी गायिका तथा अभिनेत्री माइली सायरस टेलिभिजन सिरिज ‘ब्ल्याक मिरर’ को पाँचौ सिजनमा अभिनय गर्ने भएकी छिन् ।

हालै नेटफिल्क्सको यो शोले पाँचौ सिजनको घोषणा गरेको छ । शो मा माइली एक यस्तो कलाकारको भूमिका निभाउँदै छिन्, जसका हजारौँ फ्यान हुन्छन् । सीजनमा उनलाई लोकप्रियताको शिखरमा पुगेपछि आउने परिवर्तन गुजार्नुपर्ने हुन्छ ।

माइली साइरस संसारभर चर्चित छिन् । उनको स्टाइल र गीतलाई लिएर दर्शकले तारिफ गर्ने गर्छन् । माइली र लियाम हेम्सवर्थले गतवर्ष २३ डिसेम्बरमा बिहे गरेका थिए । दुवैको पहिलो भेट सन् २००८ मा भएको थियो । त्यही बेलादेखि यी दुई प्रेममा परेका थिए । हालै माइली गर्भवती भएको खबर भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्