दश दिनमा कंगनाले घटाइन् १० किलो, कारण यस्तो



मुम्बई : बलिउड अभिनेत्री कंगना रनावतले कान्स फिल्म फेस्टिभलमा सहभागी जनाउँदा आफ्नो जादु देखाउने योजना बनाइरहेकी छिन् । यही फेस्टिभलका लागि उनले १० दिनमा ५ किलो तौल घटाएकी छिन् ।

कंगनाले इन्स्टाग्राममा आफ्ना तस्वीर शेयर गर्दै उनले यसबारेमा बताएकी हुन् । उनले फिटनेसका माध्यमबाट आफ्नो तौल घटाएकी हुन् । फिटनेस ट्रेनरले कंगनाले दिनको दुई दिन वर्कआउट गरेको बताए । कान्समा भाग लिन उनले केवल १० दिनमा नै मेहनत गरेर तौल घटाएकी हुन् । 

बलिउडकी यी नायिका पछिल्लो समय चर्चामा आइरहने नायिका हुन् । उनले दिने विभिन्न अभिव्यक्तिले पनि कंगनालाई चर्चामा ल्याइदिन्छ ।

उनको फिल्म ‘मणिकर्णिका’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । पछिल्लो समय उनलाई बलिउडकी मंहगी नायिकाका रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्