चलचित्र ‘प्रेमदिवस’ को ट्रेलर सार्वजनिक



काठमाडौं : जेठ ३१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रेमदिवस’को ट्रेलर सार्वजनिक भएको छ। योगेश घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, हेमन्त वुढाथोकी, शिवशंकर रिजालको साथमा नव–नायक विशाल कट्टेलको अभिनय छ।

रियल मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता संजय न्यौपाने हुन् भने मनेष दाहाल यसका निर्माता हुन्। चलचित्रमा प्रदिप भारद्धाजको लेखन, कविराज गहतराको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ।

चलचित्रमा नायिका प्रियंका कार्कीको प्रेममा परेका धनी र गरिब दुई यूवाको कथा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्