बाँके : २१ दिनमा १ सय १५ जनाको मृत्यु



नेपालगन्ज : बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएयता बैशाख १ देखि २१ गतेभित्र मृत्यु भएका मध्ये ६९ पुरुष र ४६ जना महिला रहेका छन् ।
मृतकमध्ये बाँकेका मात्रै ८३ जना रहेको केन्द्रले जनाएको छ । बाँकेका मृतकहरुमा ४५ पुरुष र ३८ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्