चलचित्र ‘घर’ को प्रदर्शन मितिसँगै फष्टलुक सार्वजनिक



काठमाडौं : चलचित्र ‘घर’ आउने साउन ३ बाट प्रदर्शनमा आउने भएको छ। शुक्रबार फिल्मको फष्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो।

अपर्ण थापाको निर्देशन रहेको चलचित्रको फष्टलुकमा एक यूवतीको डरलाग्दो अवतार देखाइएको छ। निर्देशक थापाकै कथा र अभिनय समेत रहेको फिल्ममा वेनिशा हमाल, सुरक्षा पन्त र अस्मिता खनालको पनि मुख्य भूमिका छ।

डीएस डिजिटलको ब्यानरमा बनेको चलचित्रमा शर्मिला पाण्डेको लगानी छ।

 

प्रतिक्रिया दिनुहोस्