बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । शुक्रबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा वैशाख २७ गतेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ ।
भेटमा प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा कुरानकानी भएको जनाइएको छ ।
यसअघि प्रचण्डले सभामुख अग्नी सापकोटासँग सापकोटाको सरकारी निवासमा करिव ४० मिनेट छलफल गरेका थिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेपाली कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी बढेको छ । बिहीबार साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गरेका थिए । उनको साथमा भीम रावल पनि थिए ।

प्रतिक्रिया दिनुहोस्