रणवीर र आलिया गोप्य रुपमा युरोप पुगेपछि…



मुम्बई : बलिउड स्टार रणवीर कपूर र आलिया भट्ट युरोप गएका थिए । उनीहरु एकसाथ युरोप गएपछि चर्चा चल्यो कि, रणवीर–आलियाले गुपचुप बिहेको योजना बनाइरहेका छन् । यसबारेमा आलियाले जवाफ दिएकी छिन् ।

आलियाले एक अन्तर्वार्तामा भनिन्, ‘जे पनि भन्दिने, यो सबै बकवास हो, यो केवल एउटा होलिडे थियो, मान्छेले त्यही भन्छ, जे ऊ भन्न चाहन्छ ।’ पहिले आलियाकी आमाले पनि यसबारेमा आफ्नो प्रतिक्रिया दिएकी थिइन् । उनले यो सबै हल्ला भएको बताएकी थिइन् ।

आलिया र रणवीरको सम्बन्धलाई लिएर बलिउडमा खुबै चर्चा हुने गर्छ । यी दुवै एकसाथ रहने गर्छन् । एक अवार्डका बेला आलियाले रणवीरलाई आइ लभ यु पनि भनेकी थिइन् । दुईको सम्बन्धको तारिफ पनि हुने गर्छ ।

कामको कुरा गर्ने हो भने आलिया र रणवीर ब्रह्मास्त्रमा एकसाथ देखिनेछन् । दुवै पहिलोपटक एकसाथ स्किृनिङमा देखिन लागेका हुन् । फिल्मको लोगो सार्वजनिक भइसकेको छ । यो फिल्म क्रिसमसको मौका पारेर रिलिजको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्