तारिफै तारिफ ‘जात्रै जात्रा’ लाई



काठमाडौं : शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले सुखद व्यापारको शुरुवात गरेको छ । प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्मले शुक्रवार बिहानी शो मा निकै आशाजनक व्यापार ग–यो । राजधानीको कुमारी हलमा गरिएको प्रेस शो मा फिल्म हेरेका दर्शकले ‘जात्रै जात्रा’ को खुलेर तारिफ गरे ।

दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेलको रुपमा तयार भएको यो फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका कथा र संवादलाई लिएर दर्शकले तारिफ गरेका छन् ।

सुन तस्करी र नक्कली नोटको कारोबारको कथा समेटिएको यो फिल्मले राजधानीका मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ । फिल्म हेरेका दर्शकले शीर्ष कलाकारको अभिनयको खुलेर तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्