कपिल शर्मा बन्दैछन् बुवा, गरेका थिए पाँच महिना अघि विहे !



चर्चित भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगम हुने भएको समाचारहरु भारतीय सञ्चार माध्यमहरुमा प्रकाशन भएका छन् ।भारतीय टीभीको एक शो ‘सास, वहू र सस्पेन्स’ को रिपोर्ट अनुसार कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुन लागेको हो ।

समाचारका अनुसार कपिलकी श्रीमती गिन्नी शर्मा गर्भवती छिन् । कपिल र गिन्नीको विवाह डिसेम्बरमा भएको थियो । अर्थात ५ महिना अघि कपिलसँग गिन्नीको विवाह भएको थियो । कपिलले १२ डिसेम्बर २०१८ मा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग विवाह गरेका थिए ।

कपिल शर्माले सोनी टिभीमा द कपिल शर्मा शोको दोस्रो सिजनको सानदार शुरुवात गरेका छन् । कपिलको शो लगातार टीआरपी बटुल्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाह पछि कपिल टीभीमा फिर्ता भएका थिए ।

पहिलो शोका क्रममा शो का चर्चित कलाकार डा. गुलाटीसँग विवाद गरेका थिए । रक्सीका कारण भएको भनिएको विवादका कारण कपिलको कार्यक्रममा भूइचालो नै आएको थियो ।

धेरै जनाले शो छोडेका थिए भने अन्तिममा आएर कार्यक्रम नै बन्द भएको थियो । कपिलले सुनिल ग्रोबरमा फर्काउन निकै प्रयास गरेको भएपनि उनी सफल भएका थिएनन् । फ्यानहरले भने कपिल र सुनीलले सँगै काम गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्