स्वदेश फर्किएलगत्तै पक्राउ पर्नेछिन् कंगना 



फ्रान्स भ्रमणमा रहेकी भारतीय अभिनेत्री कंगना रनावत स्वदेश फर्किएलगत्तै प्रहरीले गिरफ्तार गर्ने भएको छ। आदित्य पान्चुलीविरुद्ध बलात्कारको झुटा मुद्दा लगाएको उनीविरुद्ध आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

केही समयअघि कंगनाका वकिल रिजवान सिद्दिकीले बलात्कारको झुटो मुद्दामा फसाउने भनी आदित्यलाई धम्की दिएको खबरले भारतीय मिडियाहरु तातिरहेका छन्। यसअघि पनि आदित्यले सन् २०१७ मा कंगनाविरुद्ध मुद्दा दर्ता गरिसकेका थिए।

आदित्यका अनुसार उनले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको आरोप लगाएक छन्। आदित्यले प्रमाणस्वरुप भिडियो पनि पेस गरिसकेको भारतीय प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्