फिल्म निर्माता भन्सालीको नयाँ फिल्म मलालको ट्रेलर सार्वजनिक



एजेन्सीः बलिउड फिल्म निर्माता सञ्जय लीला भन्सालीको फिल्म मलालको ट्रेलर शनिवार सार्वजनिक भएको छ । यस फिल्मबाट भन्सालीकी भाञ्जी शरमीन सहगल र जावेद जाफरीका छोरा मीजान अभिनयको आरम्भ गर्दैछन् । 

भन्सालीले यो आफ्ना लागि भावुक क्षण भएको बताए । ट्रेलर लउन्च भएपछि उनले भने, ‘म अहिले अत्यन्तै भावसक भएको छु । शरमीन पहिले ९० किलोकी थिई तर ऊ अभिनेत्री बन्न चाहन्थी । आज यो स्थितिमा आउन उसले निकै मेहनत गरेकी छ । म शरमीनलाई विश्वसामु ल्याउँदैछु र यो हाम्रो लागि ठूलो क्षण हो ।’

मीजानलाई चाहिँ भन्सालीले शताब्दीकै नायकको संज्ञा दिए । उनले भने, ‘फिल्म दुई वर्षको मेहनतको परिणाम हो । यी दुवै मजबूत कलाकार हुन् ।’भन्सालीले आफूलाई सफलता र प्रसिद्धिमा ध्यान दिनुको साटो काममा मात्र ध्यान दिन सल्लाह दिएको शरमीनले बताइन् । उता मीजानले चाहिँ आफूलाई सामाजिक सञ्जालबाट टाढा बस्न र फिल्म सार्वजनिक हुने बेलामा मात्र सोसल मिडिया उपयोग गर्न भनेको मीजानले बताए ।

प्रतिक्रिया दिनुहोस्