गायक निर्मल पनेरुको नयाँ गीत सार्वजनिक



काठमाडौ : गायक निर्मल पनेरुको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार युट्युव मार्फत गायक पनेरुको ‘म जन्मिदा भावी’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

प्रहरी निरिक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीतमा संगीतकार हरि लम्सालले संगीत भरेका छन्। गीतकार एवं लेखक शीतल कादम्बिनीले गीतलाई रचेकी हुन्।

गीतको भिडियोमा मण्डला नाटकघरका रङ्गकर्मी मिलन कार्कीको अभिनय छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले खिचेको हुन्। भिडियो सम्पादन भने विकास धमलाले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्