चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण



एजेन्सी : चीनले पठाएको आफ्नो यान मङ्गल ग्रहमा अवतरण भएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल दुई सय ४० किलोग्राम रहेको छ । रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।

रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्