कर्णालीमा अक्सिजन अभाव, प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोड्यो



सुर्खेत : अक्सिजनको अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोडेको छ । नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेकाले कोभिडका नयाँ बिरामी लिन नसकिने सूचना अस्पतालले निकालेको छ ।

प्रदेश अस्पतालमा दैनिक ३०० सिलिन्डर आवश्यक पर्छ । त्यसको आधा मात्रामा अक्सिजन आपूर्ति हुँदै आएकोमा केही दिनदेखि त्यो पनि आउन छोडेको अस्पताल प्रमुख डा. डम्मर खड्काले बताए ।

अस्पतालमा जडान गरिएका दुई वटा प्लान्टबाट बिरामीलाई सामान्य मात्रामा अक्सिजन दिन मिलेको उनले बताए । यदि हाइफ्लो अक्सिजन दिनुपरेमा भने सिलिन्डर नै चाहिने भएकाले बिरामी भर्ना लिन नसकिएको डा. खड्काले बताए ।

कर्णाली प्रदेश अस्पतालमा अहिले नै १०० को हाराहारीमा कोभिडका बिरामी छन् । अस्पतालमा जनशक्ति र बेडको पर्याप्तता भए पनि अक्सिजनको अभावले बिरामी भर्ना लिन नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्