लुम्बिनीका चार जसपा सांसदले सर्वाेच्चमा गरे रिट दर्ता



काठमाडौं : लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसदले आफूलाई गरिएको पदमुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । कोरोना संक्रमणका कारण केही दिनअघि दर्ता हुन नसकेको रिट आइतबार सर्वाेच्च अदालतले दर्ता गरेको हो ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टा नबित्दै पोखरेलकै मन्त्रिपरिषदमा सहभागी भएका जसपाका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई उपेन्द्र यादव समूहले निस्कासन गरेको थियो । अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिएपछि अविश्वासको प्रस्तावबाट अलग्गिएर मन्त्रिपरिषदमै सहभागी भएका चारै जनालाई यादव समूहको पत्रका आधारमा प्रदेशमा सभामुखले सदस्यता खारेज गरिदिएको थियो । त्यसरी प्रदेश सभाको सदस्यता खारेज भएपछि उनीहरु सर्वाेच्च अदालतमा रिट लिएर पुगेका हुन् । रिट नियमानुसार दर्ता भएको सर्वाेच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्