मदन–आश्रितका नाममा स्वार्थको रोटी सेक्न छोडौँ : बाबुराम भट्टराई



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न भनेका छन् । मदन–आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले त्यो नगर्न सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सुझाएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। ‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उनले लेखेका छन्, ‘नत्र वहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’

मदन–आश्रितको २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिब दुर्घटनामा ज्यान गएको थियो। आश्रितको जिबमै शव भेटिएको थियो भने भण्डारीको शव तीन दिनपछि नारायणी नदी किनारमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्