खैरो हेरोइनसहित झापाबाट तीन जना पक्राउ



झापा : लागुऔषध खैरो हेरोइनसहित झापाको झापा गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बू र ताप्लेजुङ सिरिजङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बू रहेका छन् ।

पैदल हिँडिरहेका तिनै जनालाई आइतबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहेरोइनबरामद गरेको हो ।

उनीहरुबाट ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजारसमेत फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तिनै जनामािथ जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढएको छ ।

प्रतिक्रिया दिनुहोस्