कान्स फेस्टिभलमा सहभागी हुन प्रियंका पेरिस जाँदै



काठमाडौं : विश्वकै लोकप्रिय फेस्टिभलमा पर्ने कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्कीले सहभागिता जनाउने भएकी छिन् । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल २०१९ मा प्रियंका कार्की २० मे (भोलि) देखि २४ मेसम्म रहनेछिन् ।

नायिका कार्कीले कान्सको रेड कार्पेटमा हिँड्ने सपना भएको बताएकी छिन् । आफूले एक दिन रेड कार्पेटमा हिँड्ने सपना बनाएको र त्यो सपना अहिले आएर पूरा भएको बताएकी छिन् ।

कान्समा सहभागिता जनाउनका लागि उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । प्रियंकाले आफ्ना फ्यानलाई गौरावान्वित गराउने बताएकी छिन् ।

मंगलवार शुरु भएको ७२ औँ कान्स फिल्म फेस्टिभलमा विश्वचर्चित कलाकारहरुको उपस्थिति रहने गर्छ । जारी फेस्टिभलमा अमेरिकी हरर तथा कमेडी फिल्म ‘द डेड डन्ड डाई’ को आधिकारिक प्रिमियर गरिएको थियो । यो फेस्टिवलमा विश्वचर्चित अभिनेताहरुलाई रेड कार्पेटमा स्वागत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्