इङ्ल्यान्ड भ्रमण अघि भारतीय क्रिकेट टिम क्वारिन्टिनमा बस्ने



काठमाडौं । भारतीय क्रिकेट टिमले लामो समय क्वारिन्टिनमा बस्नु पर्ने भएको छ । इङ्ल्यान्ड भ्रमण अघि भारतीय क्रिकेट टिमले २४ दिन क्वारिन्टिनमा बस्नु पर्ने भएको हो ।
भारतीय टिमले मुम्बईमा दुई साता र इङ्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । भारतले इङ्ल्यान्डमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल र इङ्ल्यान्डविरुद्व टेस्ट सिरिज खेल्नेछ ।
भारतीय टिम जुन २ मा इङ्ल्यान्ड जानेछ । इङ्ल्यान्ड पुगेपछि भारतीय साउथह्याम्पटनमा १० दिनको क्वारेन्टिनमा बस्ने छन् । इङ्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्