करण जौहरको ‘कठपुतली’ नै हुन् त आलिया ?



मुम्बई : भारतको मूलधार सिनेमा जगतकी अहिलेकी जल्दिबल्दी षोडशी आलिया भट्टले केही समययता लगातार हिट फिल्मका असिना वर्षाइरहेकी छन्। दमदार अभिनयले बलिउडको ‘थ्रोटकट कम्पिटिसन’ मा पनि सफलताको झण्डा फहराइरहेकी छन्।

उनको सबैसँग राम्रो सम्बन्ध पनि छ, छुच्चो बोली पनि छैन। तैपनि बेला बेला के गर्ने के नगर्ने आफूले निर्णय लिन नसक्ने र अरू कसैको इशारामा नाच्ने ‘कठपुतली’ भएको आरोप उनीमाथि लाग्ने गरेको छ। उनलाई ब्वाइफ्रेन्ड रणवीर कपुरको भन्दा पनि अझ प्रष्ट भन्ने हो भने उनलाई करण जौहरको ‘कठपुतली’ भन्ने गरिन्छ। उनी करणको सल्लाहबिना कुनै फिल्म लिने वा नलिने निर्णय नगर्ने बताइन्छ।

आलिया करणलाई आफ्नो गुरु मात्र नभएर ‘मेन्टर’ मान्ने र उनीसँग परामर्श गर्नु नौलो नभएको बताउँछिन् । उनी तर्क गर्छिन्, ‘मलाई थाहा छ यो सबै मलाई उत्तेजित पार्न भनिँदैछ, तर म भड्किनेवाला छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ हुन पनि करणले नै आलियालाई ‘स्टुडेन्ट अफ द इयर’ फिल्मबाट बलिउडमा शानदार डेब्यू गराएका थिए।

प्रतिक्रिया दिनुहोस्