अनन्याको बलिउड डेब्यू



मुम्बई : मुम्बईया सिनेमाका सफल निर्माता/निर्देशक करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ रिलिज भएसँगै बलिउडकी एक स्टारपुत्रीले फिल्मी दुनियाँमा पदार्पण गरेकी छन्।

बंगलादेशी फिल्ममा समेत स्टार रहीसकेका चंकी पान्डेकी सुपुत्री अनन्या पान्डे यो फिल्मको मुख्य चरित्रमध्ये एउटा निर्वाह गरेकी छन्। स्कुल पढ्दादेखि साथीहरूसँग खेल्दा एक्टिङ गर्ने खेल खेल्ने बताउने अनन्यासँगै यो फिल्मबाट तारा सुतारियाले पनि डेब्यू गरेकी छन्।

मिडियासँगको कुराकानीमा अनन्याले केटाकेटीमा शाहरुख ‘किङ’ खानकी छोरी सुहाना र संजय कपुरकी छोरी शनाया कपुरसँगसँगै एक्टिङ ‘खेल्ने’ गरेको बताइन्। खेलमा उनी आमा भावनाको र सुहानाले पनि आफ्नी आमा गौरी बनेर एक्टिङ गर्ने खुलासा गरिन्। पुनित मल्होत्रा निर्देशित फिल्ममा ज्याकी श्राफका छोरा टाइगर, तारा र अनन्याबीच दर्शनीय डान्स मुभ्स रहेका छन्।

प्रतिक्रिया दिनुहोस्