राखीले बोकिन् पाकिस्तानी झन्डा



मुम्बई : बलिउड अभिनेत्री राखी सावन्तको नाम चर्चामा आयो भने बुझे हुन्छ उनी फेरि कुनै विवादमा मुछिइन् भनेर। विवाद र रानी पर्यायवाची नै हुन् भने पनि फरक नपर्ला। अहिले फेरि राखीले पाकिस्तानी झन्डा बोकेर चर्चामा छाएकी छन्, त्यो पनि कुल्लु मनाली पुगेर।

यसपटक भने उल्कै भयो, उनले पाकिस्तानी झन्डा बोके पनि चर्चा भयो तर विवादमा परिनन्। त्यसको कारण यति मात्र थियो, उनी कुल्लु मनालीमा फिल्म ‘धारा ३७०’ सुटिङ गरिरहेकी थिइन्। फिल्ममा उनको भूमिका पाकिस्तानी डान्सरको भएकाले पाक झन्डा बोकेकी थिइन्।

पाक झन्डाले विवाद नल्याए पनि के ठेगान उनको तित्राजस्तो बोलीले पो विवाद निम्त्याउने हो कि ! उनले भनेकी छन्, ‘सबै पाकिस्तानी खराब हुँदैनन् ।’

मनाली नजिक फिल्मको सुटिङ भइरहेको छ। सुटिङका लागि मनालीको १५ माइललाई सेट लगाइएको छ, जहाँ लाइन अफ कन्ट्रोलको एकातिर भारत र अर्कोतिर पाकिस्तान देखाइएको छ। 

सुटिङका लागि त्यहाँ पाकिस्तानी झन्डासमेत फहराइएको छ। सुटिङपछि राखीले पाकिस्तानी झन्डासँग तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि उनी ट्रोलमा परेकी थिइन्।

फिल्म ‘धारा–३७०’ मा कास्मिरको हिंसाको विषय उठान गरिएको छ। त्यहाँ युवालाई कसरी लडाकु बनाइन्छ देखाउनुका साथै हिन्दु युवक र मुस्लिम युवतीबीचको प्रेम कथासमेत फिल्ममा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्