यस्तो रहनेछ आज देशभरको मौसम



काठमाडौं : हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव सामान्य रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मुलुकमा वर्षा हुने समय मध्ये ८० प्रतिशत पानी मनसुनमा पर्ने गर्दछ । यसैले पूर्वतयारी गर्नु आवश्यक छ । बाढी पहिरो आउन सक्ने भएकोले मनुसुनको समयमा कम प्रभाव होस भन्न सरकारले आवश्यक कदम चाल्न आवश्यक भएको मौसमविद्ले बताएका छन् ।

चट्याङ हावाहुरी तथा वर्षा हुने भएकोले सर्तक रहन मौसमविद्हरुले आग्रह गरेको छ । आज दिउँसोमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, प्रदेश नँ १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्