भोलीबाट ६० देखि ६४ वर्ष उमेर समूहलाई भेरोसिल खोप लगाइँदै



काठमाडौँ । मंगलबारबाट देशभर कोरोनाविरुद्ध भेरोसिल खोप लगाइने भएको छ । खोप लगाउने कार्यक्रम दुई दिन चल्नेछ ।
चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो ।
सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं महानगरपालिकाका सबै वडामा खोप व्यवस्था गरिएको छ । अरू पालिकाले तोकेका स्थानमा खोप व्यवस्थापन गर्नेछन् ।
काठमाडौं महानगरपालिका ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ
खोप अभियान २९ जेठसम्म चल्नेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडाको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथमा लैजानुपर्नेछ । सरकारी कागजात नभएकाको हकमा भने वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर जान काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।

पहिलो भेरोसेल खोप लगाएकाहरुका लागि यो यो खोप लगाइने छैन । कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै खोप लगाउन पाउनेछन् । तोकिएको उमेर समूहका व्यक्तिहरुबाहेक अन्य व्यक्तिहरुले यो खोप लगाउन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्