गायक श्रेष्ठ संक्रमणमुक्त




काठमाडौं– बरिष्ठ गायक दीप श्रेष्ठ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेका उनी डिस्चार्ज भएका हुन् ।

संक्रमण पुष्टि भएको केही दिनपछि अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । दुई साता आइसीयूमा राखेर उनलाई उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

यसैबीच, बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई विदाइ गर्ने क्रममा उनकै गीत गाएर सम्मान व्यक्त गरेका छन् ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले गायक श्रेष्ठका दुई लोकप्रिय गीतहरु बितेका कुराले‘ तथा हुँ यात्री एउटा‘गाएर विदा गरेका हुन् । ह्विलचेयरमा बसेर अभिभावद गर्दै अस्पतालको क्याबिनबाट बाहिरिँदै गर्दा गायक श्रेष्ठलाई स्वास्थकर्मीहरुले खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्