विश्वासको मत नलिने लुम्बिनीका मुख्यमन्त्रीको संकेत



बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन् ।
शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा धारणा राख्दै पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा छ भन्ने हल्लाको निवारण भएको टिप्पणी गरे ।
विश्वासको मत लिनु पर्ने अडान विपक्षी गठबन्धनले लिइरहेका बेला पोखरेलले भने सदनमा नीति कार्यक्रम प्रस्तुत भइरहदा विपक्षीको अनुपस्थिती र सत्तापक्षको उपस्थितीले नै सरकारको बहुमत पुष्टि गर्ने दावी गरे ।
प्रदेश प्रमुखले कानुन मिचेर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ खुवाएको भन्दै विपक्षी गठबन्धनले गत मंलबारको बैठकमा सांकेतिक रुपमा प्रदेश प्रमुखको विरोध गरेका थिए । प्रदेश प्रमुखको विरोध स्वरुप सदनमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहदा विपक्षी दलहरुले दलगत रुपमा एक÷एक जना सदस्यलाइ मात्रै बैठकमा उपस्थित गराएका थिए ।
जसपाले कारबाही गरेर पदमुक्त भएका चारमन्त्रीको संसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफुसंग राजनीतिक बहुमत रहेको उनको दावी छ । अराजनीतिक तरिकाले गरीएका हिसावको विश्वास नगर्ने भन्दै उनले राजनीतिक गणित गुमे सत्तामा नरहने बताए ।

प्रतिक्रिया दिनुहोस्