युरो कप : आज तीन खेल हुँदै



काठमाडौं । युरो कप फुटबलमा आइतबार तीनवटा खेल हुँदै छ । प्रतियोगिताअन्तर्गत तेस्रो दिन तीन खेल हुन लागेका हुन । समूह ‘सी’का दुई खेल हुनेछ । त्यस्तै समूह ‘डी’को एक खेल हुनेछ । समूह ‘सी’को खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लन्डनमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार ६ः४५ मा सुरु हुनेछ । इंग्ल्यान्ड र क्रोएसिया उपाधि दाबेदार टोली हुन् ।

दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
राति १२ः४५ मा हुने अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्