प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन



काठमाडौं । विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेका छन् ।
कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले काठमाडौं र भक्तपुरको सिमाना लोकन्थली पुल नजिकै मशाल जुलुससहित पुत्ला दहन गरेका हुन् ।
विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्रीको संसद विघटन लगायतका कदम र महतोको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्