माधव कुमार नेपाल र बाबुराम भट्टराईबीच भेटवार्ता



काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न डा. भट्टराई नेपाल निवास कोटेश्वर पुगेका थिए ।
यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।
विपक्षी पाँच दलबीच चुनावसम्मकै लागि गठबन्धन बनाएर जाने सहमति भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव अघि बढाइरहेका छन् ।
छलफलका क्रममा भट्टराईले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व गठबन्धनलाई साथ दिइरहन आग्रह गरेका थिए । नेपालले पनि ओलीबिरुद्ध गठबन्धनमा आफू प्रतिबद्ध रहेको आश्वासन भट्टराईलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्